संविधान कार्यान्वयनमा जोड

संविधान कार्यान्वयनमा जोड

  • आइतवार, फाल्गुन २, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौँ, २ फागुन ।

विभिन्न राजनीतिक दलका नेता तथा सभासद्ले नयाँ संविधानमा समावेश उत्पीडित समुदायको अधिकारलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

समता फाउन्डेशन र दलित नागरिक समाजद्वारा आज आयोजित ‘नयाँ संविधानमा दलित अधिकार र कार्यान्वयनको सवाल’ विषयक पैरवी–संवादमा उहाँहरूले दलित, महिला, मधेसी, मुस्लिमलगायत युगौँदेखि उत्पीडित पारिएको समुदायको अधिकारलाई कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् मीन विश्वकर्माले दलित समुदायको सवालमा नयाँ संविधानमा समावेश अधिकारलाई कार्यान्वयन गर्न दलित समुदाय नै सक्रिय हुनुपर्ने बताउनुभयो ।

नेकपा (एमाले)का नेता तथा सभासद् जीतु गौतमले सरकारले नयाँ कानुन बनाउने तयारी गरिरहेको अवस्थामा दलित समुदाय सचेत र एकताबद्ध हुनुपर्ने बताउनुभयो ।

दलित आन्दोलनका अगुवा पदम सुन्दासले नयाँ संविधानमा समावेश दलित समुदायको सवालमा कानुन बनाएर लागू गरिनेजस्ता प्रतिबद्धात्मक शब्दलाई संशोधनमार्फत हटाउनुपर्ने माग गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ