काठमाडौ २ फागुन ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्रीको भारत भ्रमणले पछिल्लो पटक दुई देशबीच देखिएको तिक्तता मेटिएर जाने बताउनु भएको छ ।
प्रेस चौतारी इलामले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नु हुदै नेम्वाङले प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल र भारतबीच देखिएको असमझदारी, तिक्तता र अविश्वास अन्त्य भएर जाने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीको भारत भ्रमणका बेलामा कस्ता–कस्ता एजेन्डा प्रस्तुत गर्ने भन्ने विषयमा संसदमा छलफल हुने बताउनु हुदै उहाँले प्रधानमन्त्रीको भ्रमणले देशको सर्वाेपरी हित र समृद्धि चाहेको बताउनु भयो ।
संविधानमा चित्त नबुझेमा संशोधन गर्दै जानुपर्ने धारणा राख्नु हुदै नेमवाङले असन्तुष्टिलाई संशोधन मार्फत अघि बढाइने बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline