विद्युत खरिद सम्बन्धी सम्झौतामा हस्तक्षर गर्न एनबिबीएनका प्रतिनिधि काठमाडौ आउदै

विद्युत खरिद सम्बन्धी सम्झौतामा हस्तक्षर गर्न एनबिबीएनका प्रतिनिधि काठमाडौ आउदै

  • आइतवार, फाल्गुन २, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ २ फागुन ।
नेपालले खरिद गर्ने तयारी गरेको ८० मेगावट विद्युत खरिद सम्बन्धी सम्झौतामा हस्तक्षर गर्न भारतीय कम्पनी एनबिबीएनका प्रतिनिधि आज काठमाडौ आउदैछन् ।

यसअघि खरिद मुल्यमा सहमति जुट्न नसकेपछि विद्युत आयात गर्ने सम्बन्धमा अन्योल बढेको थियो । प्रतियुनिट ५ रुपैयाँ ५० पैसामा बिक्रि गर्न भारतीय पक्ष सहमत भएपछि एबिबिएनका प्रतिनिधि काठमाडौ आउन लागिएको हो ।

नेपाल विद्युत प्राधिकरणले मुलुकमा देखिएको चरम विद्युतीय संकट समाधानका लागि ढल्केबर मुजफ्फरपूर अन्तरदेशीय प्रशारण लाइनबाट आगामी फागुन ४ गतेदेखि थप ८० मेगावट विद्युत आयात गर्दैछ ।

विद्युत खरिद सम्बन्धी सम्झौतामा आजै हस्ताक्षर हुने प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ