काठमाडौँ,१ फागुन । प्रत्येक महिनाको पहिलो शनिवार साहित्य सम्बन्धी फरकफरक कार्यक्रम गर्दै आएको परिवर्तन सरगम साहित्य प्रतिष्ठान नेपालले यस महिनाको पहिलो शनिवार संयुक्त मुक्तक संग्रह ‘सहयात्रा’ को विमोचन गरेको छ ।
स्वदेश तथा विदेशमा रहेर मुक्तक लेख्ने ३३ जना स्रस्टाहरुको रचनालाई समावेश गरी सहयात्रा पुस्ताको प्रकाशन गरिएको हो । प्रतिष्ठानका अध्यक्ष कमल सरगमको सभापतित्वमा सन्चाल भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा रामकाजी कोने रहेका थिए ।
रामकाजी गोनेले पछिल्लो समयमा मुक्त दोहोरी फस्टाएको वताउँदै मुक्तकलाई दोहोरीका रुपमा नलैजान आग्रह गरे । मुक्तकलाई दोहोरीको रुपमा लैजाँदा यसको स्तरलाई खस्काउने काम गर्छ उनले भने । साहित्यप्रति युवापुस्ताले आकर्षण देखेर आफूलाई खुसी लागेको गोनेले वताए । कार्यक्रममा अतिथि वादल घिमिरेले पुस्तकमाथि टिप्पणी गर्दै भने, पुस्तकभित्र समेटिएका मुक्तकहरु असपस्ट छन् । मुक्तकको लाइनहरु जोडिदै जाँदा गजल बन्ने खालको छ । मुक्तकमा हुनुपर्ने शैलीशिल्प, शक्ति सहयात्रामा नभएको वताए ।
मुक्तकमा जवर्जस्ती काफिया लागेको छ उनले भने, मुक्तक भनेको सुन्ने बित्तिकै मानव हृदयलाई प्रभाव पर्ने खालको हुनुपर्छ । घिमिरेले मुक्तक लेख्ने स्रस्टाहरुलाई मुक्तकबारे गहन अध्यन गर्ने र सुन्न समेत सुझाव दिए ।
मुक्तक लेख्दा भावनामा डुबेर लेखिन्छ । जसका कारण सबैले लेखेका मुक्तकको भाव एउटै नहुने अतिथि उदास कार्कीले वताए । कार्यक्रमका संयोजक दिपेन्द्र अश्रुमालीले देश तथा विदेशमा रहेर मुक्तक लेखिएका छन् ।
कोहि सिकारु,कोहि स्थापित मुक्तककारहरु सहयात्रभित्र अटाएका छन् । त्यसैले यसभित्र केही कमोकमजोरीहरु रहेका छन् उनले भने । कार्यक्रममा सहयात्रा मुक्तक संग्रहभित्र समावेश भएका मुक्तककारहरुलाई प्रमाणपत्र तथा खादा ओढेर सम्मान गरिएको थियो ।साथै उपस्थितिहरुले गजल,मुक्तक,कविता सुनाएर कार्यक्रमलाई रोमान्चक बनाएका थिए । गौरी पब्लिक रिलेसन एण्ड पब्लिकेशनले प्रकाशन गरेको पुस्तकलाई गोविन्द लामिछानेले सम्पादन गरेका हुन ।