काग्रेस र मधेसवादी दल राष्ट्रिय सरकारमा आउने प्रम ओलीको दावी

काग्रेस र मधेसवादी दल राष्ट्रिय सरकारमा आउने प्रम ओलीको दावी

  • शनिबार, फाल्गुन १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौ,१ फागुन ।

प्रधानमन्त्री केपी ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बनाउने बताउनु भएको छ । धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा भाग लिन विराटनगर पुग्नुभएका ओलीले संविधान कार्यान्वयनका लागि पनि राष्ट्रिय सरकार आवस्यक रहेको बताउनु भयो ।

उहाले आफ्नै नेतृत्वमा आउन अन्य दलहरुलाई आग्रह गर्दै कांग्रेस र मधेसवादी दल राष्ट्रिय सरकारमा आउने दावी गर्नुभयो । प्रधानमन्त्री ओलीले सीमांकन मधेसवादी दलहरुले भने अनुसार भन्दा पनि जनताको भवनाअनुसार हुने बताउनु भयो ।

यसैबिच नेपाल र भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमण सम्बन्धि कार्यक्रम औपचारिक रुपमा सार्वजनिक गरेको छ । फागुन ७ गते दिल्ली जानुहुने प्रधानमन्त्री ओलीले फागुन ८ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने जनाइएको छ ।

नेपाल र भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमणको औपचारिक जानकारी गराउँदै दिल्ली पुगेको भोलिपल्ट भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको जनाएको हो ।

भ्रमणका क्रममा दुई देशको सम्वन्ध सुधारका साथै विकास सहयोग, उर्जा र सडक सञ्जालबारे छलफल हुने भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले जानकारी दिनुभएको छ ।

ओलीले भारत भ्रमणका क्रममा उपराष्ट्रपति, राजनीतिक दलका र भारतीय व्यवासायीहरुसँग पनि अन्तरक्रिया गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीको यो पहिलो बिदेश भ्रमण हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ