काठमाण्डौ, १ फागुन ।
नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी हप्ता हुन लागेको भारत भ्रमण दुई देशबीच उत्पन्न समस्यालाई सामान्यीकरण गर्न केन्द्रित हुने बताउनुभएको छ ।
प्रेस चौतारी म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणपछि दुई देशबीच उत्पन्न भएको असमझदारी हटेर सम्बन्ध सुदृढीकरण हुने बताउनु भयो ।
मधेसी नेताको अनावश्यक हठका कारण पाँच महिनासम्म नेपाली जनताले दःुख पाएको उल्लेख गर्दै सचिव ज्ञवालीले केही दिनमा गठनहुने राजनीतिक समितिले तीन महिनाभित्र सीमाङ्कनको विवाद टङ्गो लगाउने बताउनुभयो ।
नेपालमा जातीय राज्य तथा पहाड र मधेसलाई अलग गरिएको सङ्घीय व्यवस्था सफल नहुने ज्ञवालीले धारणा राख्नु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline