कांग्रेस महाधिवेशनका कार्यक्रमहरु आजदेखि सुरु

कांग्रेस महाधिवेशनका कार्यक्रमहरु आजदेखि सुरु

  • शनिबार, फाल्गुन १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, फागुन १ ।

सभापति सुशील कोइरालाको निधनका कारण स्थगित गरिएको नेपाली कांग्रेसको १३ औं महाधिवेशनअन्तर्गतको कार्यक्रमहरु आजबाट पुनह सुरु भएका छन ।

आज विभिन्न जिल्लामा नेतृत्वका लागि मतदान हुँदैछ ।सभापति कोइरालाको निधनबाट शोकमा डुबेको कांग्रेसलाई चैत्र ५ गतेभित्र महाधिवेशन सकाउनैपर्ने संवैधानिक बाध्यता रहेको छ ।

त्यसैले १३ दिनसम्म पार्टीका अरु सबै कार्यक्रम स्थगित गरी शोकमा रहेको कांग्रेसले आजबाट भने स्थगित स्थानीय अधिवेशनका कार्यक्रमहरु सुरु गरेको हो ।

अहिलेसम्म कांग्रेसले २८ जिल्लामा सभापतिसहितको जिल्ला नेतृत्व चयन गरिसकेको छ । जसअनुसार चारवटा जिल्लामा निर्विरोध सभापति चयन भएका छन् भने अरु जिल्लामा आन्तरिक प्रतिष्पर्धाबाटै नेतृत्व चयन गरिएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ