काठमाडौं, १ फागुन ।
मलेसिया सरकारले आप्रवासी कामदारको लेवी बढाउने भनि गरेको निर्णय कार्यान्वयन नगर्ने भएपछि त्यँहास्थित आप्रवासी कामदार हर्षित भएका छन ।
हिजो बसेको मलेसियाको मन्त्रीपरिषद बैठकले लेवी बढाउने भनि गरिएको यसअघिको घोषणा कार्यान्वयन नगर्ने निर्णय गरेको उपप्रधानमन्त्री दातुक श्री अहमद जाहिद हामिदीको भनाई उदृत गर्दै मलेसियाली सञ्चार माध्यमले जनाएका छन् ।
मलेसियाले सेवा क्षेत्रका आप्रवासी कामदारको लेवी दुई गुणा तथा प्लान्टेसन क्षेत्रका कामदारको लेवी चार गुणाले बढाउने निर्णय गरेको थियो । तर सरकारको यो निर्णयका रोजगारदाताले नै विरोध गरेका थिए ।
रोजगारदातासँगै ट्रेड युनियन तथा अन्य व्यापारकि संगठनले समेत यसको बिरोध गरेपछि बढाइको लेवी स्थगित गरिएको हो ।
सेवा क्षेत्रमा काम गर्ने आप्रवासी कामदारले अहिले वर्षको एक हजार दुई सय ५० आरएम लेवी तिर्दै आएका छन् । मलेरिया सरकारले यसलाई बढाएर दुई हजार पाँच सय आरएम बनाएको थियो ।
सरकारले लेवी बढाउने निर्णय कार्यान्वयन नर्गने भएपछि नेपालीसहितका आप्रवासी कामदार लाभान्वित भएका छन् ।