पच्चीस जिल्लामा कांग्रेस सभापति चयन

पच्चीस जिल्लामा कांग्रेस सभापति चयन

  • शुक्रबार, माघ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

माघ २९, काठमाडौं ।

नेपाली कांग्रेसको १३औँ महाधिवेशनका लागि गत माघ २५ गते भएको निर्वाचनमा २५ जिल्लाका सभापति निर्वा्चित भएका छन् ।

निर्वा्चित भएका जिल्ला सभापतिमा ताप्लेजुङमा लीला पोखरेल, झापामा उद्वव थापा, मोरङमा डिगबहादुर लिम्बू, सुनसरीमा राजीव कोइराला, खोटाङमा नरेशकुमार श्रेष्ठ, ओखलढुङ्गामा प्रदीपकुमार सुनुवार, उदयपुरमा विदुर बस्नेत, सिन्धुलीमा उज्जवप्रसाद बराल र धादिङमा रमेश धमला रहेका छन ।

यस्तै काभ्रेपलाञ्चोकमा मधु आचार्य, मकवानपुरमा इन्द्रबहादुर बानियाँ, गोरखामा हरिबहादुर घले, मनाङमा टेकबहादुर गुरुङ, कास्कीमा कृष्ण केसी, तनहुँमा वैकुण्ठनाथ न्यौपाने, स्याङ्जामा कमलप्रसाद पङ्गेनी, पाल्पामा वीरबहादुर राना, अर्घाखाँचीमा विष्णुप्रसाद खनाल, नवलपरासीमा विष्णु लामिछाने र रुपन्देहीमा अब्दुल रज्जाक जिल्ला सभापतिमा विजयी भएका छन् ।

यसैगरी मुस्ताङमा याङ्जिङ विष्ट, जाजरकोटमा दीपकजङ्ग शाह, सुर्खेतमा कमलराज रेग्मी, डोटीमा प्रदीप देउवा, वैतडीमा नरेन्द्रसिंह थापा र डडेलधुरामा कर्णबहादुर मल्ल सभापतिमा निर्वा्चित भएका छन् । झापाका थापा र पाल्पाका राना सर्वसम्मत सभापति चुनिनु भएको हो ।

लमजुङ, चितवन, बर्दिया, प्यूठान, बाँके र ललितपुरमा कुनै पनि उमेद्वारले स्पष्ट बहुमत प्राप्त नगरेपछि पुनः निर्वाचन हुनेछ । निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले शनिबारदेखि निर्वाचनको कार्यक्रम सुरु गरिने र १० गतेसम्म सम्पूर्ण जिल्लाको अधिवेशन सम्पन्न हुने जानकारी दिए ।

यस्तै ६५ जिल्लाको क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ । बारा, पर्सा, सर्लाही, धनुषा, सप्तरी, सिरहालगायतका केही जिल्लामा मधेस आन्दोलनले क्षेत्रीय निर्वाचन समेत हुनसकेको छैन । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको २६ गते निधन भएपछि फागुन १ गतेसम्मका लागि अधिवेशनका कार्यक्रम स्थगित गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ