काठमाण्डौ,२९ माघ ।
सुनको मूल्य तोलामा आज एकै दिन १ हजार रुपैयाले बढेको छ । केही सातादेखि उकालो लागिरहेको सुनको मूल्य आज एकैदिन तोलामा १ हजार रुपैयाँले वृद्धि भएको छ ।
सुन प्रतितोला ५५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । विबाहको सिजन चलिरहँदा नेपाली बजारमा सूनको मूल्य निरन्तर बढेको छ ।
अन्तर्रा्ष्ट्रिय बजारमा उच्च दरमा उकालो लागेकाले नेपाली बजार पनि प्रभावित भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनचाँदीमा लगानी गर्नेहरु बढेपछि महंगिएको महासंघको भनाइ छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । केही दिनदेखि प्रतितोला ७ सय ३० रुपैयाँमा स्थिर रहेको चाँदीको मूल्य १५ रुपैयाँले बढेर तोलाको ७ सय ४५ भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline