तराईका सरकारी कार्यालयमा सेवाग्राहीको भीड

तराईका सरकारी कार्यालयमा सेवाग्राहीको भीड

  • शुक्रबार, माघ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

वीरगन्ज, २९ माघ ।

बारा र पर्साका सरकारी कार्यालय निर्बाधरुपमा सञ्चालनमा आएपछि सेवाग्राहीको भीड ह्वात्तै बढेको छ ।

मधेस आन्दोलनका कारण प्रत्यक्षरुपमा प्रभावित सरकारी कार्यालय सञ्चालनमा आएपछि बारा र पर्साका जनतालाई राहत भएको छ ।

मधेस केन्द्रित दलको आह्वानमा विगत ६ महिनादेखिको निरन्तर बन्द र हडतालका कारण सरकारी कार्यालय सञ्चालन हुन नसक्दा यस क्षेत्रका सेवाग्राही मर्कामा परेका थिए भने विकास निर्माण कार्य पूर्ण रुपमा ठप्प भएका थिए ।

आन्दोलनका कारण कार्यालय सञ्चालनमा आउन नसक्दा भन्सार, मालपोत, आन्तरिक राजस्व कार्यालय, यातायात, विद्युत्, टेलिफोन र खानेपानी लगायतका बढी राजस्व असुली हुने कार्यालयको असुलीसमेत प्रभावित भएको थियो ।

सरकारी कार्यालयमा बिहीबारदेखि सञ्चालनमा आएपछि त्यहाँ बिहानैदेखि सेवाग्राहीको भीड लागेको छ । कतिपय सरकारी कार्यालयमा कामका लागि सेवाग्राहीको लाममा बसेको देखिन्छ । विद्युत्, टेलिफोन, यातायात, मालपोत र खानेपानी महसुल बुझाउने जनताको आज ठूलो लाम लागेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले सात दिनभित्र महसुल बुझाएमा आन्दोलन अवधिको जरिवाना नलिने सूचना जारी गरेपछि त्यहाँ महसुल बुझाउने सेवाग्राहीको भीड बढेको हो । सेवाग्राहीको उर्लंदो भीडलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ ।

सेवाग्राहीको भीडलाई दृष्टिगत गरेर केन्द्रले महसुल बुझाउनका लागि ६ वटा काउन्टर सञ्चालनमा ल्याएको छ ।

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका सबै कार्यक्रम स्थगित गर्दै सरकारी कार्यालय बुधबारदेखि खोल्ने निर्णय गरेको थियो । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनपछि सार्वजनिक बिदा भएका कारण सरकारी कार्यालय बिहीबारदेखि खुलेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ