काठमाण्डौ,२९ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि नै राजनीतिक संयन्त्र बनाउने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ३ दल र मधेसी मोर्चाको कार्यदलको बैठकले भारत भ्रमण अघि नै राजनीतिक संयन्त्र बनाउने सहमति गरेको हो ।
बैठकमा कार्यदललाई पुनः सक्रिय बनाउने सहमति भएको छ । कार्यदलले वार्ता तीव्र पार्ने र पर्सीसम्ममा राजनीतिक संयन्त्रको टीओआर टुङ्गो लगाउने सहमति भएको छ । प्रधानमन्त्री ओलीले सीमांकन विवादबारे निर्णय गर्न भारत भ्रमणअघि नै राजनीतिक संयन्त्र बनाउने प्रयास स्वरुप कार्यदलको संयुक्त बैठक बोलाउनु भएको हो ।
तीन दल र मधेसी मोचाबिच ‘टीओआरका बिषयमा लगभग सहमती जुटिसकेको छ । सीमांकनबारे निर्णय गर्न बनाइने राजनीतिक संयन्त्रलाई व्यवस्थापिका संसदबाट अनुमोदन गर्ने तयारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline