काठमाडौं, २९ माघ ।
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु भएको छ । राजधानीमा हिजोबाट जारी २२ औं महाधिवेशनमा विहान ११ बजेदेखि बन्दसत्र सुरु भएको हो । कमलादिस्थित प्रज्ञा भवनमा जारी बन्द सत्रले नयाँ नेतृत्व चयन गर्नेछ ।
महाधिवेशनमा नविना लामा र दीपक गौतम प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । लामालाई एमालेको संस्थापन पक्ष र गौतमलाई नेता माधवकुमार नेपाल पक्षको समर्थन छ ।
पार्टीको एक सशक्त संगठन भएकाले एमाले नेतृत्वले पनि अखिलको महाधिवेशनलाई निकै चासोका साथ लिएको छ । त्यसैले आफ्नै समूहकालाई जिताउन नेताहरु आआफ्नै ढंगले लागेका छन्
संस्थापन पक्षको साथ भएकाले गौतमको भन्दा लामाको सम्भावना बलियो देखिएपनि प्रतिष्पर्धा तीव्र हुने देखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline