आजदेखि नियमित रुपमा इन्धन वितरण हुदै

आजदेखि नियमित रुपमा इन्धन वितरण हुदै

  • शुक्रबार, माघ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, २९ माघ ।

नेपाल आयल निगमले आजदेखि नियमित रुपमा सबै पेट्रोल पम्पबाट इन्धन वितरण गर्ने तयारी गरेको छ ।

मुख्य नाका रक्सौलबाट समेत आयात बढेपछि डिजेल र पेट्रोल नाकाबन्दी अघिकै अवस्थामा जस्तो वितरण गर्न लागिएको निगमका निर्देशक दीपक बरालले जानकारी दिनुभयो ।

चार पांग्रे गाडीले १५ लिटर र मोटरसाइकलले ५ लिटरका दरले मात्र पेट्रोल भर्न पाउनेछन् । डिजलका गाडीलाई भने सीमा तोकिएको छैन । एक हप्तापछि भने पेट्रोल पनि माग अनुसार नै उपलब्ध गराउने निगमको तयारी छ ।

निगमले आजदेखि दैनिक साढे ३ लाख लिटर पेट्रोल र साढे ४ लाख लिटर डिजेल काठमाडौं उपत्यकाका पम्पमा वितरण गर्ने भएको छ ।

यसअघि नाकाबन्दीका कारण पेट्रोलियमको आयात कम भएपछि काठमाडौंमा मागभन्दा निकै कम मात्र इन्धन वितरण हुँदै आएको थियो ।

निगमले क्रमशः पेट्रोलियम पदार्थ वितरण बढाउँदै लैजाने पनि जनाएको छ । ग्यास भने तत्कालका लागि आधा भरिएको सिलिन्डर नै वितरण हुने निगमका निर्देशक बरालले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ