जिबन र मृत्यु

जिबन र मृत्यु

  • बिहिबार, माघ २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

  क्वालालम्पुर मलेसिया सृष्टिकर्ता देखि सुरुवात भएको यो सस्कार सदियौसम्म रहिरहनेमा कोहिको दुईमत त नहोला अक्सर त्यही जन्म र मृत्युबिचमा हामीले इतिहास कायम गर्ने सुयोग्य कर्म गरेर सन्सारलाई अलविदा गर्नु जिबनको अर्को नाम दिनु हो । हरेक मान्छेको जन्मको पछाडी अर्को पात्र लुकेका हुन्छन,जन्म लिनु उसको कर्तव्य हो दुनियाँमा आफुलाई स्थापितको पात्र बनाउनु उसको जिन्दगीको सार्थकता हो ।

जन्म त सबैको भएको पाइन्छ तर कोहिको यस्तो जन्म हुन्छ उ मरेर गएपनि पटक पटक लाखौको मुखमा जन्मिरहन्छ । जब हामी यो धर्तीमा पाइला टेकछौ तब यो धर्तीले सोच्छ्न रे नव मनुष्यको मेरो छातीमा आवगमन भयो । अब उसले मलाई कुल्चेर समाजलाई सहि कार्यमा केन्द्रकृत गर्नेछ । जो कोहिको जन्मपछी मृत्यु त धुर्वसत्य कुरा हो तर त्यही जन्म मृत्युको बिचमा हुने उतारचढाव यस्तो रनभुमी हो जहाँ इतिहास बन्न नि सक्छ बिग्रनु पनि सक्छ ।

उदाहरणहरु हामिले धेरै नजिकबाट नियालेका छौ सोच्नुस त जन्मदेखी मर्नुभन्दा अगाडिसम्म तपाईंले यो सन्सारको लागी के प्रसङ्सानिय काम गर्नु भयो,म यो समाजलाई के छोडेर जादैछु,मेरो पछाडीका पीडिहरुले म बाट के लिनेछ यो सबै सोच्दा जिन्दगी रनभुल्लमा फसेझै हुन्छ तर यथार्थ यहि हो ।

यो जन्म र मृत्यु बिचको खाली भागलाई एकपटक हृदयङ्गम गरेर हेर्नुस् त एउटा भकुण्डो भित्र हावा भरिएको जस्तै हो हावा रहिन्जेल त्यो भकुण्डो जहाँ पनि जान सक्छ,यता पनि गोल हुन सक्छ उता पनि फरक यति हो उता गोल भए भकुण्डोलाई सबैले चुम्छन अक्सर यता गोल भए भने सबै ईष्र्या गर्छन् । त्यस्तै हो जीवन जसरी हाम्रो जिन्दगीमा पनि प्राण हुन्छ हामी पनि त्यही भकुण्डो जस्तै यताउता तलमाथि गरिरहेका हुन्छौं ।

त्यही जन्म र मृत्युको मध्य भागमा रहेको प्राणमा यस्तो अतुलनीय काम गरौ ता कि भोलि सबैले वाह,वाह गरून् । मान्छेहरू किन हर,हमेसा मन्दिर जान्छन् ,गुम्बा धाउछन,मस्जिद चिहार्छन,चर्च तिर पाईला मोडछन् ? आखिर त्यही आस्था गरिएको देबताको पुजा गर्न,आराधना गर्न अफसोच तपाई यस्तो मान्छे हुने लक्ष्य लिएर हिंड्नुस मानाै तपाई नै साँक्षी ईश्वर हो । जस्ले आफू रोएर अर्कोलाई हसाँउछ,आफू वारि रहेर अरुलाई पारी पुर्याउछ । जल्दै अरुलाई उज्यालो दिन्छ । सिलाको मूर्तिलाई खाने बहानामा प्रसाद चढाउदै हिड्ने यी मनुष्य जातिमा यस्तो ज्ञान दिने प्रयत्न गर्नुस् । इज्जत र श्रद्दा त्यसलाई गर्नुस् जसलाई नभेटिने भगवान त भन्न मिल्दैन काम भगवानको गर्छन ।

साँच्ची पुजाको थालीमा प्रसाद बोकि मन्दिर जादैमा कोही पबित्र र पापबिहिन हुन्न,सक्नु हुन्छ भने याैटा गरिब दिन दुखीको झुपडीमा जानुस् उसलाई मिठो बोलिदिनुस त्यतिबेला तपाई हो भगवान,त्यो बेला तपाईं हो ठुलो धर्म,त्यो बेला तपाईं हो सबसे महान जात ? यहि जन्म र मृत्युको बिचमा हामीले बुझ्नुपर्ने कुरा सन्सारमा सबैभन्दा ठुलो धर्म भनेको त मानव सेवा हो। किन कि जब एउटा भोकले छटपटाएको मान्छेलाई रोटी दिदाँ ऊ जति खुशी हुन्छन् नि ? त्यही हो हाम्रो लागी फल,तपाईंको सानो कामले कसैको ओठमा हाँसो भरिन्छ भने त्यो भन्दा अर्को सुख के हुन सक्छ ? यो जिन्दगीमा कमसेकम जति बाँचिन्छ त्यतिबेला सम्म राम्रो काम गरौं मरेर जादा नि सबैको मनमा बस्न सकियोस् यहि त हो जीवन ? अधिकाँशको यहि चाहाना हुन्छन् कि म जिबनमा धेरै राम्रो काम गरेर यो समाजलाई केही योगदान दिएर मर्छु सबैको यो सोचाइ अनि कार्यलाई सल्युढ त गर्नैपर्छ ।

त्यसैले जिन्दगीमा यदि पुन्य कमाउनु छ भने,मानव सेवा गर्नुस् , त्यही हो तपाईंको लागी ठुलो जात,त्यही हो तपाईंको लागी ठुलो धर्म,त्यही हो तपाईंको लागी सबसे महान पुन्य,त्यही हो तपाईंको जिबन । अत: यहि हाम्रो जीवन र मृत्युको बिचमा गरेको काम देखेर ,कोहि मान्छे यस्तो हुन्छ लाग्छ भगवान पनि उसको सामु के हो र,त्यसैले हरेक दिन उसको आरती उतारुं,उसैको आराधना गरौं साच्चै यो दुनियाँमा यति गुणकारी र सहयोगी देवता पनि भेटिन्छ,जीवन नै उसैको लागी बलिदान दिन मन लाग्छ भनेर सिङ्गो देशनै गुञ्जयमान होस त्यो पो हो त जीवन ? मान्छे कुनबेला हाँस्छ,कुन प्रहरमा खुशी हुन्छ त्यो त हामीलाई थाहा हुन्न तर ! तपाईं त्यो दिन हाँस्नुस,त्यो पल औधी प्रसन्न हुनुहोस जुन दिन तपाईंको सानो कारणले दुनियाँले,दिल खोलेर तपाईंको वाह,वाह गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी