वितरक र बिक्रेतालाई सिधा ग्यास उपलब्ध गराउन माग

वितरक र बिक्रेतालाई सिधा ग्यास उपलब्ध गराउन माग

  • बिहिबार, माघ २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौँ, २८ माघ । ग्यास व्यवसायी महासङ्घले सरकारको पूर्वनिर्णयअनुसार ग्यास उद्योगीले पूर्ववत् रुपमा वितरक र बिक्रेतालाई सिधा ग्यास उपलब्ध गराउन माग गरेको छ ।

आज राजधानीमा पत्रकार सम्मेलन गरी महासङ्घका अध्यक्ष विवेन्द्रभक्त प्रधानाङ्गले लामो समयदेखिको भारतीय नाकाबन्दीका कारण बजारमा ग्यासको अभाव देखिएकाले उपलब्ध ग्यास पनि कम्पनीले विभिन्न बहाना बनाउँदै कम्पनी परिसरबाट बिक्री गर्दा कालोबजारीलाई प्रोत्साहन मिलेको बताउनुभयो ।

महासङ्घले उपलब्ध ग्यास वितरक र बिक्रेतालाई नदिइ कम्पनीबाटै ग्यास वितरण गरिँदा कालोबजारी बढेको भन्दै यसरी वितरक र बिक्रेतालाई ग्यास उपलब्ध भएमा सरकारले तोकेको उपभोक्ता मूल्यभन्दा अन्य मूल्य जोडेर नलिन महासङ्घले आग्रह गरेको छ ।

अहिले बजारमा आधा सिलिन्डर ग्यासको मूल्य रु ७०० पर्ने भए पनि व्यापारीले मनपरी रुपमा रु ८०० देखि रु ९०० लिँदै आएका छन् ।

उहाँले महासङ्घले दुई महिनाअघि नै उपत्यकाका सबै सरकारी प्रशासन कार्यालयलगायत सम्बन्धित निकायमा ग्यास वितरक तथा बिक्रेताको सहभागितामा ग्यासको आपूर्ति तथा व्यवस्थापनका विषयमा छलफल गरी ग्यास बिक्रेताले पूर्वप्रचलित वितरण प्रणालीअनुसार वितरक र बिक्रेतालाई ग्यास सेवा ‘डेलिभरी’ दिई वितरक र बिक्रेतामार्फत नै बिक्री गर्नुपर्ने निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको बताउनुभयो ।

महासङ्घका महासचिव चन्द्रकृष्ण श्रेष्ठले वितरण प्रणाली ट्र्याकभन्दा बाहिर जाँदा वितरण प्रणाली बिथोलिएको र अर्कोतिर सामान्य लागेको जायज भाडा दिने इमान्दार बिक्रेतालाई भन्दा कालोबजारीलाई प्रोत्साहित हुने वातावरण बनेको बताउनुभयो ।

उहाँले नेपालभरी दैनिक ५५ बुलेट र काठमाडौँ उपत्यकालाई दैनिक ३० बुलेट ग्यास आवश्यकपर्ने बताउँदै यो अवस्था तत्काल सहज नहुने स्पष्ट पार्नुभयो ।

सरकारले गरेको पूर्वनिर्णयको कार्यान्वयन नभई प्रचलित प्रणाली विपरीत उद्योग परिसरसम्म थप भाडा तिरी लिन जाने र ग्राहकसँग असुल्ने नयाँ प्रथा ग्यास कारोबारमा भित्रिएको भन्दै महासङ्घले यसलाई तत्काल रोक्न आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी