माघ २८, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा कंग्रेस सभापति स्वर्गिय सुशील कोइरालाको शोक प्रस्ताव पारित गर्दै व्यवस्थापिका संसदको बैठक सकिएको छ । संसदको अर्को बैठक आगामी फागुन ४ गते बस्नेछ । कांग्रेस महाधिवेशनलाई कारण देखाउदै लामो समय स्थगित गरिएको बैठक आजका लागि बोलाईएको थियो ।
लामो समयदेखि बैठक स्थगित हुदा व्यवस्थापिका संसदको नियमावली पास हुन सकेको छैन । नियमवाली नहुदा संसद बैठक कार्य्विधि अनुसार चलिरहेको छ । संसदीय समितीको विवादका कारण संसदको नियमावली बन्न नसकेको हो ।
विवाद बढेसगै नियमावली मस्यौदा समितीले पनि आफ्नो म्याद थपेको छ । सत्तारुढ दल र विपक्षी कांग्रेसबीच संसदीय समितीलाई लिएर विवाद बढेपछि नियमावली बन्न ढिलाइ भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
