काठमाडौं, २८ माघ ।
प्रमुख सत्तिारुढ दल नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २२ औं केन्द्रिय सम्मेलन आजबाट राजधानीमा सुरु हुदै छ ।
दिउसो १ बजेबाट भृकुटिमण्डपमा सुरु हुने सम्मेलनको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी आलीले उद्घाटन गर्नुहुने छ ।
उद्घाटन समारोहलाई बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र महासचिव ईश्वर पोख्रेल लगाएतले समबोधन गर्नु हुने अनेरास्ववियुले जनाएको छ । हिजोबाट सम्मेलन सुरु हुने भनिए पनि कांग्रेस सभापति सुशील कोइरालाको निधन भएपछि एक दिन पर सारिएको हो ।
।
‘परिश्रमी र प्राज्ञिक जनशक्तिको विकास, राष्ट्रनिर्माणको आधारः सुदृढ र प्रभावकारी विद्यार्थी आन्दोलन अनेरास्ववियुको सरोकार’ भन्ने मूल नारा रहेको सम्मेलनमा अध्यक्षमा वर्तमान महासचिव नवीना लामा र उपाध्यक्ष दीपक गौतम अध्यक्षको प्रतिस्पर्धी छन् ।
फागुन १ गतेसम्म जारी रहने सम्मेलनमा भागलिन देशभरबाट एक हजार ५०० प्रतिनिधि काठमाडौँमा आइपुगेको अनेरास्ववियुले जनाएको छ ।