काठमाडौं, २८ माघ ।
व्यवस्थापकि संसदको बैठक आज बस्दै छ । आज विहान ११ बजे बस्ने संसद बैठकमा काँग्रेस सभापति एवम् पुर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित गरिने संसद सचिवालयले जनाएको छ ।
कोइरालाको निधनप्रति संसदमा १ मिनेट मौन धारण समेत गरिने छ । शोक प्रसताव पारित भएपछि संसद बैठक पुनः बस्ने गरि स्थगीत गरिने संसद सचिवालयले जनाएको छ । कोइलालाको निधनका कारण हिजो बस्ने भनिएको बैठक स्थगित भएको थियो ।
व्यवस्थापकिा संसदको ठुलो दल नेपाली काँग्रेसको आसन्न १३ औं महाधिवेशनका लागि गाँउ,नगर,जिल्ला र क्षेत्रीय अधिवेशन सम्पन्न गर्नुपर्ने भएका कारण संसद बैठक लामो समयसम्म स्थगित गरिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline