काठमाण्डौ ,२७ माघ ।
नेपाली साहित्यको बिकाशमा निरन्तर योगदान दिदै आएको परिवर्तन सरगम साहित्य प्रतिष्ठान नेपालले आगमि फाल्गुन २९ गते बरिष्ठ गजलाकार डा।घनश्याम पारिश्रमिको एकल बहर गजल साझ सम्पन्न गर्दै छ बिन्ध्यावासिनी म्युजिकको सह आयोजनामा हुने उक्त कार्यक्रम बिसेष रहने जानकारी छ ।
बरिष्ठ गजलकार सनतकुमार वस्तीको प्रमुख आतिथ्यमा सम्पन्न हुन लागेको कार्यक्रममा पत्रिका बिमोचन साथै गजलमा योगदान पुर्याउनु भएका बिभिन्न सर्जकहरुलाई सम्मान गरिने जानकारी सोहि सस्थाका अध्यक्ष कमल सरगमले जानकारी दिनु भयो ।
“नेपाली गजल क्षेत्रका सिखर हस्तीहरुलाई सम्मान गरिने छ”सस्थाका सचिब गोबिन्द लामिछानेले भन्नु भयो । गजललाई लामोसमय देखि योगदान पुर्याउदै आउनु भएका बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल साथै अर्का गजलका सिखर हस्ती ललिजन रावल गजल र गीतहरुमा एक छात्र राज गरिरहनु भएका बरिष्ठ गजलकार डा. कृष्णहरि बराल साथै समाज सेवामा तल्लिन र नेपाली गजलमा छोटो समयमा छुट्टै पहिचान बनाउनु भएका गजलकार मानन्धर अभागी लाइ सम्मान गरिन लागेको हो ।सोहि दिन गायनमा साथ दिनुहुने गजल गायनमा लामो समय देखि लागिरहनु भएका गजल गायन समूह नेपालका सुशील श्रेष्ठ , गायक सुवास आगम ,साथै गायिका सृजना दाहाललाइ पनि सम्मान गरिने जानकारी प्रतिष्ठानले दिएको छ ।