यसो गर्नुस फुलेको कपाल फेरी कालो पार्न

यसो गर्नुस फुलेको कपाल फेरी कालो पार्न

  • बुधबार, माघ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 22.7K
    SHARES

तपाई हामी सबैको चाहना हो कि कपाल कालो भईरहोस् । अझ पहिला पहिला त कपाल फुले पछि अब बुढो भयो भन्ने चलन थियो तर आज युवा र बच्चाहरुको समेत कपाल फुल्न थालेको हामीले प्रसस्त देखेका छौं । त्यसैले यसलाई रोक्न विभिन्न खाले उपचार र उपायहरु खोजीरहेका हुन्छन् । तर यदी हामीले साना तिना घरेलु उपायहरु मात्र अपनाउने हो भने पनि सेतो कपाल कालो हुदै जान सक्छ । त्यसका लागि निम्न कुराहरुमा ध्यान दिनुहोस् ।

१. नरीवलको तेलमा सुख्खा अमलाको केही टुक्रा राखेर उमाल्नुहोस् । त्यस पछि जब त्यो तेल सेलाउछ त्यस तेलले कपाल फुलेको भाग सहित पुरै टाउकोमा मालिस गर्ने । त्यसको कम्तीमा एक घण्टा सम्म ननुहाउने या पानी नहाल्ने भरसक रातभर त्यतिकै राख्ने । यो प्रकृया हप्तामा एक या दुई पटक सम्म गर्ने ।
२. प्याजको रसले पनि कपाल झर्ने , सेतो हुने जस्ता समस्याबाट तपाईलाई जोगाउन सक्छ । काचको कटौरामा प्याज र कागतीको रस मिसाउने र त्यसले मालिस गर्नाले पनि कपाल कालै रहिरहन मद्धत पुर्याउछ ।

३. बदामको तेल, अमलाको रस र कागतीको रस बराबर मिलाउनु होस् । त्यो मिश्रणले निरन्तर फुलेको कपाल भएको भाग सहित टाउकोमा लगाउने यसले फुलेको सेतो कपाल विस्तारै कालो हुदै जान्छ ।

४. मेहेन्दीको पातलाई पिस्नुहोस् र पेष्ट बने पछि एक चम्चा कफी र एक चम्चा सादा दही समान रुपले लगाउने र सुके पछि धुनाले पनि कपाल सेतो हुनबाट रोकिनुका साथै नरम र नझर्नें पनि हुन्छ ।

५. तिलको तेलको निरन्तर प्रयोग गर्नाले पनि कपाल फुल्ने समस्यााट मुक्ति पाउन सकिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी