काठमाण्डौ,२७ माघ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलन फिर्ता लिएर आन्दोलनमा मूत्यु भएका सहिदको रगतप्रति खेलवाड गरेको मधेशी जनता पाटीले आरोप लगाएको छ ।
आज बिज्ञप्ती जारी गर्दै मधेशी जनता पाटीका संयोजक महेश कलवारले मधेशी मोर्चा बाहेक मधेशमा आन्दोलनरत अन्यसंग छलफल ,बहस र अन्तरक्रिया गरी आन्दोलन गर्ने घोषणा गर्नुभएको छ ।
सो पाटीले फागुन १ देखी ८ गतेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । १ देखी ७ गतेसम्म सम्पुर्ण परिबर्तनकारी तथा आन्दोलनकारीले पाटीसंग छलफल ,बहस गर्ने र ८ गते राजधानीमा बृहत अन्तरक्रिया गर्ने कलवारद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline