भुटानका गृहमन्त्रीद्वारा कोइरालाप्रति श्रद्धाञ्जलि

भुटानका गृहमन्त्रीद्वारा कोइरालाप्रति श्रद्धाञ्जलि

  • बुधबार, माघ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ, २७ माघ ।

नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा भुटानका गृह तथा संस्कृति मन्त्री दावा ग्याल्तसेनले श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

स्व कोइरालाको अन्त्येष्टिमा सहभागी हुन काठमाडौँ आउनुभएका भुटानी गृहमन्त्री ग्याल्तसेनले केहीबेर अघि दशरथ रङ्गशाला गई स्व कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । कोइरालाको निधनको खबर पाएपछि मन्त्री ल्योन्पो गए राति नै काठमाडौँ आउनुभएको थियो ।

यसैबीच, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले पूर्वप्रधानमन्त्री कोइरालाको निधनप्रति शोक सन्देश पठाई समवेदना प्रकट गर्नुभएको छ ।

काँग्रेस विदेश विभाग प्रमुख सुजाता कोइरालामार्फत प्रधानमन्त्री तोब्गेले पठाउनुभएको सन्देशमा नेपाली काँग्रेस र नेपाली जनताका लागि दुःखद् खबर हो, भन्दै, यस विपद्को घडीमा धैर्य धारण गर्न आग्रह गर्नुभएको छ ।

स्व कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्न रङ्गशालामा बिहानैदेखि सर्वसाधरणको भीड लागेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ