अढाई करोड रुपैयाँ विद्युत् महसुल उठ्न बाँकी

अढाई करोड रुपैयाँ विद्युत् महसुल उठ्न बाँकी

  • बुधबार, माघ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

उदयपुर, २७ माघ ।

नेपाल विद्युत् प्राधिकरण कार्यालय उदयपुरमा यस वर्ष २०७२ सालको पुस मसान्तसम्ममा करिब अढाई करोड रुपैयाँ विद्युत् शुल्क उठ्न बाँकी रहेको छ ।

विद्युत् प्राधिकरण कार्यालय उदयपुरका अनुसार विगतदेखि नै धेरै विद्युत् महसुल उठ्न बाँकी रहेको भए तापनि प्राधिकरण कार्यालयले शुल्क उठाउन कडाइ गर्दै लगेपछि धेरै शुल्क उठ्न थालेको हो ।

तर पनि अझै यस वर्षको पुस मसान्त सम्ममा दुई करोड ५१ लाख ५१ हजार बक्यौता भने उठ्न बाँकी रहेको कुरा विद्युत् प्राधिकरण कार्यालय उदयपुरका लेखा अधिकृत जितेन्द्र झाले बताउनुभयो ।

२०७२ सालको वशाखदेखि पुस मसान्तसम्ममा कार्यालयले करिब ११ करोड ३६ लाख ८४ हजार ४४४ रुपैयाँ बराबरको विद्युत् बिक्री गरेर महसुल उठाएको पनि लेखा अधिकृत झाले बताउनुभयो ।

गत चार महिनाभित्र मात्र धेरै रकम बक्यौता भएर पनि शुल्क नबुझाउने ग्राहक मध्येका ५६ जना ग्राहकको लाइन काटेर कारबाही गरिएको पनि कार्यालयले बताएको छ । अहिले पनि जिल्लाका केही सरकारी कार्यालयसहित धेरै ग्राहकले शुल्क बुझाउन बाँकी रहेको पनि कार्यालयले बताएको छ ।

बाँकी बक्यौता रकम उठाउनका लागि कार्यालयले कडाइका साथ अहिले अभियान सञ्चालन सुरु गरेको कुरा विद्युत् प्राधिकरण कार्यालय उदयपुर गाईघाटका प्रमुख अबधेशकुमार दुबेले बताउनुभएको छ ।

अहिले उदयपुरको कटारी क्षेत्र, गाईघाट क्षेत्र तथा बेल्टार क्षेत्र गरी करिब २७ हजार ६४४ घर कार्यालयका ग्राहक रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी