कोइरालालाई श्रद्धान्जली दिन भुटानी गृहमन्त्री काठमाडौमा

कोइरालालाई श्रद्धान्जली दिन भुटानी गृहमन्त्री काठमाडौमा

  • बुधबार, माघ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ ,२७ माघ ।
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति स्व.सुशिल कोइरालालाई श्रद्धान्जली दिन भुटानी गृह तथा संस्कृति मन्त्री दावा ग्याल्जेन आज काठमाडौ आउनु भएको छ ।

डुक एयरबाट काठमाडौ आइपुग्नु भएका उहाँ श्रद्धान्जली दिन सिधै रंगाशाला जानु भएको छ । मन्त्री ग्याल्जेन भुटान सरकारका तर्फबाट कोइरालालाई श्रद्धान्जली दिन नेपाल आउनु भएको हो ।

यस्तै कोइरालालाई श्रद्धान्जली दिन भारतीय नेशनलिस्ट कांग्रेस पार्टीका नेता डिपी त्रिपाठी पनि आज काठमाडौ आउनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि भारतीय विदेशमन्त्री सुष्मा स्वराज, भारतीय कम्युनिष्ट पार्टी माक्सवादीका नेता सेताराम याचुरी, नेता सरद यादव तथा भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोबल लगायतको टोली पनि हिजै नेपाल आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ