अन्तर्रा्ष्ट्रिय समुदायद्वारा शोक व्यक्त

अन्तर्रा्ष्ट्रिय समुदायद्वारा शोक व्यक्त

  • बुधबार, माघ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौँ, २७ माघ ।

नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै संयुक्त राष्ट्र सङ्घ, युरोपेली सङ्घ, सोसलिस्ट इन्टरनेसनल र जापानले शोक व्यक्त गरेका छन ।

संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनले नेता कोइरालाको असामयिक निधनबाट आफू मर्माहत भएको उल्लेख गर्दै उहाँ सबैका आदरणीय राजनेता हुनुहुन्थ्यो भन्नुभएको छ ।

महासचिवका तर्फबाट उहाँका प्रवक्ताले आज जारी गर्नुभएको वक्तव्यमा महासचिव बानले जटिल सङ्क्रमणकाल र संवैधानिक प्रक्रियाका बेला नेपाललाई नेता कोइरालाले मार्ग्निर्देश गर्नुभएको बताउनुभएको छ ।

यस्तै सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयलाले नेपाली काँग्रेसलाई आज एक समवेदना सन्देश पठाउँदै नेता कोइरालाको निधनबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति भएको जनाउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ