पूर्वप्रधानमन्त्री कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिदै

पूर्वप्रधानमन्त्री कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिदै

  • बुधबार, माघ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ, २७ माघ ।  

नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि हुने भएको छ ।

काँग्रेस केन्द्रीय समितिको निर्णयबमोजिम कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय हुदै दशरथ रङ्गशालामा राखिएको छ । आज दिउँसो २ बजेपछि रङ्गशालाबाट शवयात्रा गरी आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी कार्यालयले जनाएको छ ।

स्व कोइरालाको दाहसंस्कार पार्टीले हालै आर्यघाटमा सञ्चालनमा आएको विद्युत् शवदाह गृहमा गरिने जनाएपनि परिवारजनको इच्छाअनुसार हिन्दू परम्पराअनुसार नै दाहसंस्कार गरिने स्व कोइरालाका भाइ अशोक कोइरालाले जानकारी दिनुभयो । स्व कोइरालालाई उहाँका भतिजा अतुल कोइरालाले दागबत्ती दिने परिवारजनले बताएको छ ।

स्व कोइरालाको पार्थिव शरीरलाई काँग्रेसले नेपाल सरकारको जिम्मा दिएको पार्टी कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिनुभयो । कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गर्दै सरकारले त्यसका लागि गृहमन्त्री शक्ति बस्नेतलाई जिम्मेवारी तोकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ