साम्दे शेर्पा स्मृती पुरस्कारबाट मह जोडी सम्मानित

साम्दे शेर्पा स्मृती पुरस्कारबाट मह जोडी सम्मानित

  • मङ्लबार, माघ २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौं । चर्चित हास्यकलाकार साम्दे शेर्पाको नाममा स्थापना गरिएको साम्दे शेर्पा स्मृती पुरस्कार मह जोडीलाई प्रदान गरिएको छ । संस्कृतीविद् सत्यमोहन जोशीले राजधानीमा आयोजित एक समरोहकावीच मह जोडीलाई पुरस्कार प्रदान गरेको हो ।

हिमालयन शेर्पा सांस्कृतीक केन्द्रले स्थापना गरेको साम्दे शेर्पा अक्षयकोषवाट अन्य विद्यामा समेत पुरस्कार वितरण गरिएको जनाएको छ । साम्दे शेर्पा प्रतिभा पुरस्कारवाट हास्यकलाकार मनोज गजुरेल सम्मानित भएका हुन् भने अर्को पुरस्कार पासाङ टी शेर्पालाई प्रदान गरिएको केन्द्रका अध्यक्ष लाक्पा शेर्पाले जानकारी दिए ।

मह जोडीलाई प्रदान गरिएको पुरस्कारको राशि ३१ हजार नगदको साथमा ट्रफी छ भने अन्यलाई १०१११ रुपैयाँका साथमा ट्रफी प्रदान गरियो । हस्याकलाकार साम्दे शेर्पाको नाममा स्थापना गरिएको कोषवाट बार्षिक रुपमा कलाकारितामार्फत समाजमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गर्ने जनाएको छ ।

कार्यविधितय गरी कलाकार छनौटकालागि बरिष्ठ फिल्मकर्मी यादव खरेलको संयोजकत्व समिति गरेको थियो । समितिमा बरिष्ठ हास्यकलाकार शिवहरि पौडेल, स्व. साम्देका दाजू पूर्वसांसद वाङछे शेर्पा, केन्द्रका वरिष्ठ उपाध्यक्ष छिरिङ शेर्पा र केन्द्रकै महासचिव आङ डोमा शेर्पा सम्मेलित थिए । पुरस्कार वितरण गर्न आयोजित कार्यक्रममा साम्देका मित्र कलाकार दिनेश डिसी र हास्यकलाकार राजाराम पौडेलले साम्देको व्यक्तित्वको स्मरण गरे । साम्दे शेर्पाको नाममा ५१ लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने लक्ष्य राखिएको कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी