नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधन

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधन

  • मङ्लबार, माघ २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ ,२६ माघ ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको मंगलबार बिहान आफ्नै निवास निधन भएको छ ।

फोक्सोमा भएको सङ्क्रमण र निमोनियाका कारण आफ्नै निवास महाराजगन्जमा मंगलबार बिहान १२ः५० बजे उहाँको निधन भएको नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले जानकारी दिनुभयो । कोइराला विगत केही दिनदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ रहँदै आउनुभएको थियो । लामो समयदेखि अर्बुद रोगको उपचार गराइरहनुभएका कोइराला ७६ वर्षका हुनुहुन्थ्यो ।

मुलुकको लोकतान्त्रिक आन्दोलनमा अहोरात्र नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कोइरालाको नेतृत्वमा संविधानसभाबाट नेपालको संविधान जारी भएको थियो । उहाँलाई नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा पार्टी सभापतिका प्रत्यासीका रुपमा हेरिएको थियो ।

संविधानसभाको दोस्रो निर्वाचनपछि ठूलो राजनीतिक दलको नेताको हैसियतले उहाँ २०७० माघ २७ गते मुलुकको ३७औँ प्रधानमन्त्री बन्नुभएको थियो ।

बुबा बोधप्रसाद र माता कुमिनिदी कोइरालाको सन्तानका रुपमा १९९६ साउन २८ गते (सन् १९३९ अगष्ट १२) मा भारतको बनारसमा जन्मनुभएको थियो । स्व कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न पार्टी उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला राति नै कोइराला निवास पुग्नुभएको थियो ।

यसैबीच सभापति कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि अहिले बिहान ८ः०० बजेसम्म निवासमै राखिने भएको छ । बिहान ८ः०० बजेदेखि दिउँसो १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, सानेपामा र त्यसपछि श्रद्धाञ्जलिका लागि दशरथ रङ्गशालामा राखिने उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ