काठमाण्डौ , २५ माघ ।
नेपाली काँग्रेस झापाका सभापतिमा उद्धव थापा पुनः दोस्रो कार्यकालका लागि निर्विरोध चयन हुनुभएको छ ।
सभापतिका प्रत्यासी मानिनुभएका पार्टीका उपसभापति देउमान थेबेले पार्टी्भित्र भएको छलफलपछि उम्मेदवारी दर्ता नगराएपछि थापा निर्विरोध चयन हुनुभएको हो ।
यस्तै, सुनसरीको जिल्ला सभापतिमा पनि पुनःराजीव कोइराला विजयी हुनुभएको छ ।
आज साँझ सम्पन्न मतपरिणामानुसार सभापतिमा कोइराला ७०३ मत ल्याई दोस्रो कार्यकालका लागि पुनःनिर्वा्चित हुनुभएको छ ।
उता , पाल्पाको अधिवेशनले वीरबहादुर रानालाई पुनः जिल्ला सभापतिमा निर्विरोध निर्वा्चित गरेको छ ।
आज सम्पन्न अधिवेशनबाट सचिवमा अयमान कर्माचार्य र कोषाध्यक्षमा मुक्तिराम जिसी पनि निर्विरोध निर्वा्चित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी , काँग्रेस मकवानपुरको सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वा्चित हुनुभएको छ ।
आज सम्पन्न जिल्ला अधिवेशनबाट बानियाँ ३७८ मत प्राप्त गरी निर्वा्चित हुनुभएको हो ।
भोजपुरमा भने भोजपुरको जिल्ला अधिवेशनबाट नन्दमणि राई सभापतिमा निर्वा्चित हुनुभएको छ ।