विराटनगर, २५ माघ ।
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको सरकार निर्माण हुनुपर्नेमा जोड दिनुभएको छ ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधानको कार्यान्वयनका लागि थुप्रै कानुन बनाउन परेकाले वर्तमान सरकारलाई नै राष्ट्रिय सरकारको स्वरुप दिनुपर्ने विचार व्यक्त गर्नुभयो । वर्तमान सरकार विस्थापित गरेर अर्को सरकार बनाउने कुरा आफूले कहिले नभनेको प्रस्ट पार्दै उहाँले मुलुकको समस्याका साथै भूकम्पपछि पुनःनिर्माणका लागि सबै दल ऐक्यबद्ध हुनुपर्ने औँल्याउनुभयो ।
उहाँले मधेसको समस्या समाधानका लागि कार्यदलको सुझावअनुसार नै सीमाङ्कनको विषय टुङ्ग्याउने गरी मुख्य दलबीच छलफल जारी रहेको जानकारी गराउँदै कार्यदलद्वारा नै सीमाङ्कनको विवाद मिलाउनका लागि काँग्रेस र मधेसी मोर्चाका नेता सकारात्मक रहेको जिकिर गर्नुभयो । मुलुकको हितका लागि सबै कम्युनिस्ट पार्टी एक हुनु जरुरी रहेको बताउँदै उहाँले नेकपा–माओवादीसँग पार्टी एकताका लागि पहल भइरहेको बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline