सांसद ओझाद्वारा राजीनामाको घोषणा

सांसद ओझाद्वारा राजीनामाको घोषणा

  • सोमवार, माघ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

धनगढी, २५ माघ ।

नेपाली काँगे्रस कैलालीको जिल्ला अधिवेशन मार्फत नयाँ नेतृत्व चयनका लागि पदाधिकारीको उम्मेदवारीका विषयमा बिवाद बढेपछि काँग्रेस नेता एवम् सांसद पुष्करनाथ ओझाले पदबाट राजीनामाको घोषणा गर्नुभएको छ ।

महाअधिवेशनस्थल धनगढीमा पत्रकार सम्मेलन गर्दै सांसद ओझाले आफूले कांग्रेसको महासमिति, महाअधिवेशन प्रतिनिधि र सांसद पदबाट राजीनामा गरेको जानकारी दिनुभयो ।

वरिष्ठ नेता शेरबहादुर देउवाको सल्लाह बमोजिम जिल्ला सभापतिमा वर्तमान सभापति नरनारायण शाहलाई नै आफूले अघि सारेकामा सभापतिका प्रत्यासी शाहले जिल्ला सचिव र कोषाध्यक्षमा आफुखुुसी गरी आफ्नो सल्लाह नमानेकाले राजीनामा दिएको बताउनुभयो ।

कैलाली – ६ बाट पछिल्लो संविधानसभाको चुनावमा विजयी काँगे्रसका वरिष्ठ नेता देउवाले सो क्षेत्रबाट राजिनामा दिएपछि भएको उपनिर्वाचनमा ओझा विजयी हुनुभएको थियो ।

जिल्ला कार्यसमितिको अध्यक्षका लागि वर्तमान सभापति शाह, भीम वडुवाल र गणेश देउवा चुनावी मैदानमा छन् । छ र्विाचन क्षेत्र रहेको कैलालीमा जिल्ला अधिवेशनका लागि ७०२ मतदाता छन् ।

यसैबीच मतपेटिका तोडफोडको प्रयास भएपछि काँग्रेस कैलालीको जिल्ला अधिवेशन आज स्थगन गरिएको छ । जिल्ला अधिवेशनस्थल स्थानीय ओम प्यालेसमा मतदानको प्रक्रिया सुरु भएको केही समयमै मतपेटिका तोडफोडको प्रयास गरिएसँगै भएको दुई पक्षबीचको झडपपछि निर्वाचन प्रक्रिया मङ्गलबारसम्मका लागि स्थगन गरिएको निर्वाचन समितिले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ