बन्द हड्ताल रोक्ने निर्णय स्वागतयोग्य छ : प्रम

बन्द हड्ताल रोक्ने निर्णय स्वागतयोग्य छ : प्रम

  • सोमवार, माघ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ, २५ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सम्पूर्ण विरोधका कार्यक्रम स्थगन गर्नु जायज निर्णय भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीका तर्फबाट उहाँका प्रेस सल्लाहकार प्रमोद दाहालले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ– “संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आजको बैठकले गरेको निर्णयलाई मैले सकारात्मक रुपमा लिएको छु ।” मोर्चाको आज बसेको बैठकले सम्पूर्ण विरोधका कार्यक्रम स्थगन गर्ने निर्णय गरेपछि प्रधानमन्त्री ओलीले त्यसलाई मुलुक र जनताप्रतिको सकारात्मक कदमको रुपमा लिँदै उक्त निर्णयको स्वागत गर्नुभएको हो ।

प्रधानमन्त्रीको वक्तव्यमा भनिएको छ– “आमहडताल, नाका अवरोध र सरकारी कार्यालय बन्दलाई तत्कालका लागि स्थगन गर्ने भनी गरिएको निर्णयको म स्वागत गर्दछु ।”
मुलुकका समस्याको सबैले मिलेर समाधान गर्न आवश्यक रहेको बताउँदै प्रधानमन्त्री ओलीले बाँकी रहेका विवाद र असहमतिका विषयलाई पनि वार्ता र संवादबाटै हल गर्न सकिने विश्वासका साथ त्यसका लागि सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ