आर्थिक विकासको मेरुदण्ड उद्योग व्यवसाय : मन्त्री पाण्डे

आर्थिक विकासको मेरुदण्ड उद्योग व्यवसाय : मन्त्री पाण्डे

  • सोमवार, माघ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

रत्ननगर (चितवन), २५ माघ ।

उद्योगमन्त्री सोमप्रसाद पाण्डेले आर्थिक विकासको मेरुदण्ड भनेकै उद्योग व्यवसाय भएकाले यसको प्रवद्र्धन र विकास आवश्यक भएको बताउनुभएको छ ।

चितवन उद्योग सङ्घको आयोजनामा भरतपुरमा आजदेखि सुरु भएको चौथो औद्योगिक प्रदर्शनी मेलाको उद्घाटनका क्रममा उहाँले देशमा अधिकारको आन्दोलन समाप्त भएकाले अब आर्थिक समृद्धि र सम्पन्नताको आन्दोलन जरुरी छ भन्नुभयो । उद्योगधन्दाको विकास बिना देशको आर्थिक विकास असम्भव रहेको बताउँदै मन्त्री पाण्डेले भन्नुभयो, “अब आर्थिक विकासका लागि नयाँ सोच बनाउनु जरुरी छ”

कृषिजन्य उत्पादनमा मात्रै केही प्रयास गरे आत्मनिर्भर हुने सम्भावना प्रवल रहेकाले अब यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण शर्माले उद्योग व्यवसाय विकासका लागि प्राविधिक विश्वविद्यालय आवश्यक भएको भन्दै
अब औद्योगिक क्षेत्र स्थापना गर्दा दीर्घकालीन सोचसहित २÷५ हजार बिघा क्षेत्रलाई एकत्रित गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
मेला संयोजक भीमप्रसाद पाण्डेको सभापतित्वमा भएको उद्घाटन सत्रमा घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष सुरेश प्रधान, सभासद् कृष्णभक्त पोखरेल, प्रजिअ विनोदप्रकाश सिंह, स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेललगायतले बोल्नुभएको थियो ।
नेपाली उत्पादनको विकासमा जोड दिँदै सुरु भएको प्रदर्शनीमा २०० कक्ष राखिएको छ । प्रदर्शनी फागुन २ गतेसम्म चल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी