काजमा कर्मचारी राखिँदैन : मन्त्री शर्मा

काजमा कर्मचारी राखिँदैन : मन्त्री शर्मा

  • सोमवार, माघ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

धनकुटा, २५ माघ ।

सामान्य प्रशासनमन्त्री रेखा शर्माले अब काजमा कर्मचारी राख्ने परिपाटीको अन्त्य गरिने बताउनुभएको छ ।

मन्त्रालयले आज यहाँ आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले अब काजका सबै कर्मचारीलाई फिर्ता गराएर दरबन्दीमा मात्र राखिने बताउनुभयो ।

“काजमा कर्मचारी रहँदा उसको मनस्थिति अस्थिर भई काम प्रभावकारी हुन सक्दैन”, मन्त्री शर्माले भन्नुभयो, “कर्मचारीलाई ढुक्क भएर जनताका सेवा गर्ने वातावरण निर्माणका लागि सबै कर्मचारी दरबन्दीमा राख्न लागिएको हो । ”
हालसम्म करिब चार सय कर्मचारीलाई काज फिर्ता गराइसकिएको जानकारी दिँदै मन्त्री शर्माले अब कर्मचारी सरुवाका लागि क्षेत्रीय प्रशासन र जिल्ला प्रशासनलाई अधिकार प्रत्यायोजन गरिएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ