काठमाण्डौ,२५ माघ ।
माघे औँसीमा स्नान गर्न नवलपरासीको त्रिवेणीधाम आएको भारतीय तीर्थयात्रु बोकेको ट्रयाक्टर पल्टिँदा दुई जनाको मुत्यु भएको छ । १० जना घाइते भएका छन ।
दुर्घटनामा भारतको उत्तरप्रदेश सिमराकी ६० वर्षकी कर्मवलीदेवी गुप्ता र १७ वर्षका रमेश गुप्ताको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलरासीका प्रहरी निरीक्षक सुवास गैरेले जानकारी दिनुभयो ।
उत्तरप्रदेशको नेचरुनबाट माघे औँसीमा स्नान गर्न त्रिवेणीधाम आएको ट्रयाक्टर दुर्घटनामा परेको हो । घाइतेहरुको चौपत्तामा रहेको शहिद स्मृति सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline