सरकारको नेतृत्व परिवर्तन तत्काललाई सम्भव छैनः पोखरेल

सरकारको नेतृत्व परिवर्तन तत्काललाई सम्भव छैनः पोखरेल

  • सोमवार, माघ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौ २५ माघ ।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सरकारको नेतृत्व परिवर्तन तत्काललाई सम्भव नरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले नेतृत्व परिवर्तन कसैले चाहँदैमा हुन नसक्ने बताउनु भयो ।

प्रमुख राजनीतिक दलबीच भएको भद्र सहमति तोडेर अगाडि बढेको कारणले नै नेपाली काँग्रेस सत्ताबाहिर रहन गएको धारणा राख्दै उहाँले काँग्रेस महाधिवेशन सम्पन्न भएपछि काँग्रेस यही सरकारमा सामेल हुनसक्ने बताउनु भयो ।

भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित बनाउन एमाले नेतृत्वको सरकार प्रयासरत रहेको बताउदै महासचिव पोखरेलले कसैलाई गाली गरेर नभइ वार्ता र छलफलबाट समस्याको सम्बोधन गर्न सकिनेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ