काठमाण्डौ,२५ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो पहिलो बिदेश भ्रमणको तयारी स्वरुप आज पूर्व परराष्ट्रमन्त्री, पूर्व परराष्ट्र सचिवसँग छलफल गर्दै हुनुहुन्छ।
फागुन ७ गतेदेखि हुने भनिएको भारत भ्रमणको तयारीका बिषयमा उहाले बिज्ञहरुसंग पनि परामर्श गरीरहनु भएको छ । आजको छलफलपछि प्रधानमन्त्रीले राजनीतिज्ञ र व्यापारीक समूहसँग भारत भ्रमणको क्रममा उठाउनुपर्ने एजेण्डाबारे छलफल गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण फागुन ७ गतेदेखि गर्न प्रस्ताव गरेको छ । प्रधानमन्त्री प्रजातन्त्र दिवसको अवसरमा आयोजित समारोहमा सहभागी भएर भारत जाने तयारीमा हुनुहुन्छ ।
प्रधानमन्त्री निर्वा्चित भएपछि प्रधानमन्त्री ओलीको यो पहिलो विदेश भ्रमण हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline