काठमाडौ, २५ माघ ।
भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री विष्णु पौडेलले आज भारतीय समकक्षी अरुण जेट्लीसँग भेटवार्ता गर्दै हुनुहुन्छ।
भेटका क्रममा नेपालमा भारतीय लगानी परिचालन र त्यसको समीक्षा, भूकम्पको पुनःनिर्माणका लागि भारतले गर्ने भनेको सहयोग लगायतका विषयमा छलफल हुने छ ।
यसअघि अर्थमन्त्री पौडेलले गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्रीको भ्रमण उपलब्धिमूलक बनाउन र आर्थिक विकासका एजेण्डा तय गर्न अर्थमन्त्री पौडेलले भारतीय मन्त्रीहरुसँग भेटघाट जारी राख्नु भएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा बिषयमा छलफल गर्न उहा हिजो भारत जानु भएको हो । प्रधानमन्त्री ओलीको भारत भ्रमण फागुन ७ गतेदेखि हुने नेपालको प्रस्तावमा पनि अर्थमन्त्री पौडेलले छलफल गर्नुहुने अर्थमन्त्रालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline