काठमाडौं, २४ माघ ।
सार्बजनिक सवारी साधनको भाडा समायोजन गर्न माग गर्दै तीन माओवादी पार्टीका विद्यार्थी संगठनहरुले संयुक्तरुपमा काठमाडौं उपत्यकासहित देशभर प्रदर्शन र कोणसबभा गरेका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारी सहितका तीन क्रान्तिकारी विद्यार्थी संगठनले कालोबजारी अन्त्य र आपूर्ति व्यवस्था सहज हुनुपर्ने माग गर्दैै राजधानीका मुख्य कलेज अगाडि प्रदर्शन गरेका छन् ।
प्रदर्शनीमार्गको रत्नराज्यलक्ष्मी, चावहिलको पशुपति, लैनचउरको अस्कल, भक्तपुरको सानो ठिमी, पुल्चोकको पुल्चोक इन्जिनियरिङ, मीन भवनको वानेश्वर क्याम्पस लगायतका स्थानमा विद्यार्थीले प्रदर्शन तथा ९ देखि १० बजेसम्म चक्काजाम समेत गरेको अखिल क्रान्तिकारीका उपत्यका संयोजक लोकेश विश्वकर्माले बताउनु भयो
विद्यार्थीको सडक प्रदर्शनका कारण रत्नपार्क वरपरको ट्राफिक केही समय अस्तव्यस्त हुन पुगेको थियो । कालोबजारीको अन्त्य र तत्काल आपूर्ति व्यवस्था सहज हुनपर्ने माग राखेर विप्लव माओवादीको अखिल क्रान्तिकारीसहित एमाओवादी र वैद्य नेतृत्वको माओवादीका विद्यार्थी संगठन आन्दोलनमा छन् ।