मोर्चाका शिर्षस्थ नेताहरुको बैठक आज बस्दै

मोर्चाका शिर्षस्थ नेताहरुको बैठक आज बस्दै

  • आइतवार, माघ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ २४ माघ ।  

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शिर्षस्थ नेताहरुको बैठक आज बस्दैछ । पछिल्लो समय तराई मधेशमा जारी आन्दोलन मत्थर हुदै गएपछि आगामी रणनिति तय गर्न मोर्चाको बैठक बस्न लागेको हो ।

आजको बैठकले आन्दोलनको समिक्षा गर्दै भावी रणनिति तय गर्ने मोर्चाले जनाएको छ । यद्यपी बैठकको समय भने तय हुन बाँकी छ । बैठकका लागि मोर्चाका शिर्षस्थ नेता काठमाडौ आइसकेका छन् ।

यसअघि बैठक हिजो नै बस्ने भनिएकोमा संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव व्यस्त रहेकाले आजका लागि सारिएको तमसपाका वरिषठ नेता रामनरेश यादवले जानकारी दिनुभयो ।

मोर्चाले बिरगन्ज नाका खोल्नका लागि आन्दोलन रोकिएको अर्थमा नबुझ्न आग्रह गर्दै आफूहरुको ११ बुँदे माग अथावत रहेको जनाएको छ ।

नाकाबन्दी फिर्ता लिदै मोर्चा आन्दोलनको स्वरुप परिवतर्न गर्ने सम्बन्धमा गृहकार्य गरिरहेको मोर्चा आवद्ध एक नेताले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ