अर्थमन्त्री पौडेल आज भारत जाँदै

अर्थमन्त्री पौडेल आज भारत जाँदै

  • आइतवार, माघ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ २४ माघ ।  

अर्थमन्त्री विष्णु पौडेल आज भारत जाँदै हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणको तयारीका विषयमा भारतीय पक्षसँग छलफल गर्न उहाँ त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको हो ।

अर्थमन्त्री पौडेल आज बिहान ९ बजे जेट एयरको विमानबाट भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ । भारत भ्रमणका क्रममा उहाँले विदेशमन्त्री सुष्मा स्वराज तथा भारतीय नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

सो क्रममा प्रधानमन्त्रीको भारत भ्रमण, दुई देशबीचको सम्बन्ध, सौलियतपूर्ण ऋण तथा भूकम्पमा पूनरनिर्माण कार्ययोजनाका विषयमा छलफल हुने अर्थमन्त्रालयले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा एक वर्ष अघि घोषणा गर्नु भएको एक अर्व डलर बराबरको सौलियतपूर्ण ऋण कार्यन्वयनका विषयमा पनि अर्थ मन्त्रालय स्तरमा छलफल हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ