प्रधानसेनापति स्वदेश फिर्ता

प्रधानसेनापति स्वदेश फिर्ता

  • शनिबार, माघ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौँ, २३ माघ । प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र भारतको छदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ ।

प्रधानसेनापति क्षत्रीलार्ई बलाधीकृत रथी बलदेवराज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षको निमन्त्रणामा प्रधानसेनापति क्षत्री यही माघ १८ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
भ्रमणका क्रममा उहाँलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भारतीय स्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको थियो । नयाँदिल्लीमा रहँदा प्रधानसेनापति क्षत्रीले भारतीय रक्षामन्त्री, गृहमन्त्री, स्थल सेनाध्यक्ष, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायतसँग भेटवार्ता गर्नुभएको थियो ।
प्रधानसेनापतिलाई मानार्थ महारथी उपाधिद्वारा सुशोभित गर्ने परम्पराबाट दुवै देश र सेनाबीचको सौहार्दपूर्ण सम्बन्धले द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ योगदान पु¥याउँदै आएको नेपाली सेनाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ