*बाबुराम तिमीलाई आन्तिम मौका******

*बाबुराम तिमीलाई आन्तिम मौका******

  • शनिबार, माघ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

नयाँ शक्तिको परिप्रेक्ष्यमा एउटा खुल्लापत्र लेख्न जरुरी ठानें । दिल्लीमा सि. ए. अध्ययन गर्दै गरेको म, आफ्नो बिचार अनी केही सबालहरु, जीवनका ब्यस्त  पानाबाट चियाएर पस्किने जमर्को गरेको छु । कृपया पढि दिनुहोला ।
आजको युगमा तब सम्म देश बिकास हुँदैन जब सम्म जनता शिक्षीत हुँदैनन रे – बच्चा बेला देखी सुनेको मैले । बुवाले भन्नु हुन्थ्यो – मेरो छोरो ठुलो मान्छे बन्छ । सानै देखी आर्थिक क्षेत्रमा झुकाब थियो त्यै भएर होला  सि. ए. गर्ने सोचे ।
राजनीतिको त्यती ज्ञान नहोल मलाई, अनी कुनै पाटी प्रती आस्था पनि छैन । तै पनि किन किन राजनीति जगतमा एउटा नाम राम्रो लाग्छ, बाबुराम भट्टराइ । राम्रो लाग्छ  भनु या लग्थ्यो भनु अन्योलमा छु अचेल ।

कती सजिलै सफलता हसिल गर्छु जस्तो लाग्छ होइन तिमीलाई ? अनी त्यस्तै हुँदै छ भनेको सुन्छु  पनि ।
किन थाहा छ ? कहिल्यै सेकेण्ड नभएको, एसएलसीमा बोर्ड फस्ट, पिएचडी गरेका विद्धान अनी अरु के के हो के के । चारै तिर चर्चा मात्र सुनिन्छ । हो,  त्यस करण बाबुराम, तिमी धेरै नेपालीहरुको आदर्श पात्र बनेकाछौ । हो त्यसैले, तिमीले  जे गरेपनि सहि नै हुन्छ भन्ठान्छौ हामी मुर्ख नेपालीहरु ।
तिमी माथि म जस्ता हजारौ नेपाली मनहरुको आसा अनी भरोसा अढीएको छ । हो त्यसैले, तिमीले गरेका कामहरुमा हामी आँखा चिम्लीएर विश्वाश गर्छौ । तर के अब सधैं यस्तै रहन्छ होला त बाबुराम ज्यु ???
मैले तिम्रो धेरै भाषण सुनेको छु । नयाँ सक्तीको बारेमा धेरै बुझने मौका पाए मिडियाहरुबाट । यस्तो पनि सुने कि –
चाकडी र चप्लुसी गर्नेबीच प्रतिस्पर्धा गराएर उत्कृष्ट चाकरबाजलाई छान्ने नियम छ रे नयाँ शक्तिमा ।
कती सत्य कती असत्य त म भन्दा बढी तिमीलाई नै थाहा छ ।
आज, देशका प्रधानमन्त्री पनि भएका मान्छे, फेरी सडकमा आएर सबैलाई समेट्छु, परिवर्तन गर्छु भनेको सुन्दा हामी सबै नेपालीमनहरुमा प्रश्न खडा भएको छ । आखिर तिमी चाहन्छौ के ? के सोचेकाछौ तिमीले ? मलाई पनि सम्झाइदेउन ।  म नि हिदडछु आजै बाट नयाँ सक्तीको बिगापन गरेर । सक्छौ मलाई विश्वस्त गराउन ?
के सपना देखेकाछौ ? अनी सपना पुरा गर्न सकेनौ भने, हामी नेपालीको विश्वाशमा आच आयो भने के गर्छौ ? के छ नयाँ सक्ती मा त्यस्तो ? अनी नामले मात्र पर्याप्त हुन्छ जस्तो लाग्छ तिमीलाई ?
मलाई थाहा छ,तिमी पहिलो संविधानसभाको निर्वाचनमा प्रत्यक्ष उम्मेद्वार बाट सबै भन्दा बढी मत ल्याउने नेता ,आर्थ मन्त्री हुँदा पनि  सबै भन्दा बढी राजस्वो सन्कलन गर्ने मान्छे । देशमा  गणतन्त्र  लेराउन  तिम्रो भूमिका ठुलो छ । धेरै उल्लेख्निय काम गरेकाछौ । तिमीले आफ्नो जीवन दिएकाछौ राजनीतिमा । आफ्नो खुशी त्यागेकाछौ ।  परिवार बाट आलग भएर १० बर्षको जनयुद्धमा आफ्नो टाउकोको मुल्य बोकेर हिंडेका मान्छे तिमी, अनी  कसैले नराम्रो भनोस तिम्रो बारेमा म कसरी शहन सक्छु तिमीनै भनन ।
हाम्रो बर्तमान यथार्थ त नकार्न सक्दैनौ नि तिमी ।  हामी ले फुट्न जानेकाछौ ।  तिमी हामी सारा नेपालीलाई एक बनाउन सक्छौ त ?
फेरी स्यालहरु बटुलेर सँसदमा ल्याएर थुपार्ने काम नहोस् यस पटक बाबुराम ।
हामीलाई रमिता हेर्न पुगी सक्यो । अल्ली अघी राजा आउ, देश बचाउ भनेर अपिल गर्थे जनताहरु किन हो त बुज्छौ नि ?

२००७ साल को जहानिया राणा शासनको अन्तको लागि लडाईं, २०१७ देखी २०४६ सम्म प्रजातन्त्रको पुर्नस्थापना अनी निरन्कुश  पाँचयत ब्यबस्ताको बिरुध्हको सँघर्श, १० बर्से जन युद्ध, २०६२/६३ आन्दोलन, कहिले मधेश आन्दोलन कहिले बन्द हडताल, कहिले के कहिले के ।  हामी नेपाली थाकी सक्यौ अब । मैले सशस्त्र जन युद्धलाई नजिकैबाट नियालेँ । जस्मा हजारौ निर्दोष दाजुभाई दिदीबहिनी सहिद हुनुभयो, हजारौ बेपत्ता र घाइते हुनुभयो । सहिदको बलिदानले देशमा आनेकौ तन्त्र आए । अनी खोइ के भयो देशमा ???
के जीवन भर सँघर्स मात्र गरिरहने हो हामीले ??? के भन्ने छन् सन्सतिले हामीलाई । हामी त सन्सती प्रती सरासर घात गर्दैछौ ।
कृपया नरिसाउनु  होला ।
अरुलाई त म यो सवाल गर्दै गर्दिन्न किनकि सवाल जवाब त्यो सँग हुन्छ जस्ले आफुलाई चित्त बुझाउन सक्छ भन्ने आसा हुन्छ अनी  भरोसा हुन्छ ।  लाखौं नेपालीहरुको प्रतिनिधित्व गर्छौ तिमीले । लाखौं फ्यानहरु छन् तिम्रो , लाखौंले तिमीमाथि अमुल्य अपेक्षा गरेका छन् । तर, याद राख्नुस, यस्तो  दिन नाओस , बाबुराम सब्ध लाई नै घ्रिना गरुन नेपाली जनताले ।
जब नेपालमा  बेथितिको अन्त्य हुनेछ, नयाँ युगको शुरुवात हुनेछ, त्यतिबेला ताली बजाउन म आउनेछु । तिमीलाई साथ् दिन म आउनेछु ।  नत्र फोहोरो इतिहासको साक्षी बन्नको लागि म जस्ता युवाहरुले तपाईंलाई काँध थाप्नुको अर्थ छैन ।
२०७५ सालमा सरकारमा आउन्छ रे नयाँ सक्ती, सुनेको मैले । तिमीले गठन गरेको नयाँ सक्ती, तिम्रै पेवा त हुने होइन भन्ने के ग्यारेन्टि छ । फेरी भट्टराइ परिवार, यामी परिवार सबैको पालो पुर्याउनु पर्ने होला नि नयाँ सक्तीमा । अनी यो कसरी भयो त नयाँ सक्ती खै ??? कि यो प्रतिग्या गर कि म नयाँ सक्तीमा नयाँ बिचार  अनी जोस जागर ले भरिएका तन्नेरीहरु लाई अगाडि लागाएर म सधैं आभिभाबकको भूमिका निर्बाह गर्छु भनेर, सक्छौ बाबुराम । त्यही बुढाहरु बटुलेर त खै कसरी बन्छ नयाँ सक्ती । अनी फेरी, यो कुरा पनि तिमीले भुल्नु हुन्न कि तिम्रो उमेर ढल्की सक्यो ।  कपाल फुली सक्यो ।
एक  दिन  तिमी  माथि म नै औंला ठड्याएर भन्ने छु तिमी बुडो भयौ बाबुराम अब मलाई पालो देउ । कुराले मात्र विश्वाश गर्न छोडिसके नेपाली जनता । अब के गर्छौ ? हामीलाई पाटी चाहिएको छैन बाबुराम ! हामी मास्कबाद, लेलिनबाद, पुजीपती बर्ग, कम्युनिष्ट केही जन्दैनौ । हामीलाई नेपाल सुसर्जित भएको हेर्ने धोको छ हाम्रो । हामी लाई फुल फुलेको हेर्नु छ ।  हसिला ओठ खुलेको हेर्नु छ । हामीलाई एकता हेर्नु छ ।  नेपाल आमा प्रतीको ममता हेर्नुछ । हामीले बाँच्न पाउनुपर्छ बाबुराम ! हामीले गरी खान पाउनु पर्छ………….
अन्त्यमा लाख लाख शुभकामना तिमीलाई नयाँ सक्तीको उज्जल भबिस्यको लागि ।

नोट : माथि प्रयोग भएका  ‘म’ सब्धले नेपाली जनता  अनी ‘तिमी’ सब्धले बरिस्ठ नेता बाबुराम भट्टराइ लाई जनाउनेछ । 
                                             दिल्ली मा सि. ए. अध्ययनरत

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी