के तपाई आफ्नो नजिकको मान्छे बिना बाँच्न सक्नुन्छ ? के तपाई आफ्नो मनको मान्छे बिना हास्न सक्नुहुन्छ ? सायादै तपाई सक्नुहुन्छ होला । हामी मायामा यती तल्लिन भएका हुन्छौ नि कि आफुले माया गर्ने मान्छे एकैछिन पनि टाढा हुँदा सास लिना पनि गाह्रो भएको महशुस गर्दछौ । वास्तबमै दुई माया गर्ने मुटुमा अक अर्को बसेका हुन्छन । प्रेमिको मनमा प्रेमिका र प्रेमिकाको मनमा प्रेमी मात्र बसेका हुन्छन ।
हरेक पल हरेक क्षण उनिहरु एक अर्कोलाई मात्रै सोच्दछन । लाग्छ उनिहरु एक अर्काको लागि मात्र बनेका हुन । एक अर्काबाट छुट्टीदा उनिहरु पागलजस्तै बन्ने गर्दछन । उनिहरु एक आपसमा दिल तोडी छोडेर नजाने वाचा कसम समेत खाएका हुन्छन । तर सबै सधैंभरी सँगै रहन नसक्ने रहेछन । कोही कसैको भाग्य भनौ या बिवशता भनौ, अलग हुन वाध्य हुन्छन एक अर्कासँग । तर पनि सधैं एक अर्काकै सम्झनामा बाच्ने र भावनालाई साथी बनाइ हास्ने गर्दछन ।
यस्तै यस्तै भावलाई समेटेर सर्जक नेत्र बन्धन केसीले आफ्नो नौलो प्रस्तुती बजारमा ल्याएका छन । माया पिरतिका भाव समाबेश थुप्रै चर्चित गीत रचना र संगीत गरिसकेका केसीले बन्धन – २ मा यस्तै भावलाई स्थान दिएका छन । नेत्र बन्धन केसिको शब्द / संगीत रहेको यस् गीतमा भद्र वलिले स्वर भरेका छन । गीतलाई बन्धन म्युजिकले बजार ब्यवस्थापना गरेको छ । गीतलाई बिपिन आचार्यले एरेन्ज गरेका हुन । प्रज्वल, खुशी र प्रशंसाको अभिनय रहेको भिडियोको छायांकन गरेका हुन बासु बरालले । भिडियोलाई केसी आँफैले निर्देशन गरेका छ्न । भिडियो हेर्नको लागि तलको लिन्कमा क्लिक गर्नुहोला ।