धरान उपमहानगरपालिकाले आव २०७३÷०७४ को अनुमानित बजेट सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले आफना बार्षिक कार्यक्रम अन्तर्गत नगरपालिकाको अनुमानित बजेट समेत सार्वजनिक गरेको हो ।
कार्यक्रममा धरान उपमहानगरापलिका कार्यकारी अधिकृत टिकादत्त राईले आर्थिक बर्ष २०७३÷०७४ को अनुमानित बजेट, भावी कार्यक्रमहरुका बारेमा जानकारी दिनुभएका थियो ।
उहाले चालु आर्थिक बर्ष ०७३÷०७४ मा ९३ करोड ३९ लाख २० हजार ८ सयको अनुमानित बजेट सार्वजनिक गर्नुभएको थियो । अनुमानित बजेटमा नगरपालिकाले चालु खर्च रकम ८ करोड १३ लाख ७१ ह्जार र पूजीगत खर्चतर्फ ८५ करोड २५ लाख ४९ ह्जार ८ सय रुपैया छुट्याइएको अधिकृत राईले जानकारी दिनुभयो ।
यस्तै भावी कार्यक्रम अन्तर्गत नगरपालिकाले विकास निर्माणका कार्यक्रमहरु, गत बर्ष स्वीकृत भई समपन्न हुन बाकी योजनाहरु, समायोजित गाविस र वडाहरुको अवस्था,, स्थानीय श्रम, सीप रोजगारी प्राप्त हुने याजनाहरु, स्थानीय जनताको मागमा आधारित र स्थानीय स्रोत साधनले धान्न सक्ने दीगो प्रकृतिका योजनाहरु, महिला, बालबालिका, जेष्ठ नागरिक, भिन्न क्षमता भएका, आदिवासी जनजाति एवम् पिछडिएका प्रत्यक्ष फाइदा पुग्ने आयोजनाहरु, वातावरण संरक्षण र सम्वद्र्धनमा सहयोग पुग्ने आयोजनाहरु, नगरको गौरवका महत्वपूर्ण आयोजनाहरुलाई प्राथमिकताका रुपमा राख्ने समेत जनाइएको छ ।
कार्यक्रममा भवन आचारसंहिता लागू गर्न महत्वपूर्ण योगदान पु¥याउने धरान ११ का निरबहादुर रोक्का र धरान १३ का भक्तबहादुर राईलाई सम्मान समेत गरिएको थियो ।
त्यस्तै धरान नगरपालिकाले सबैभन्दा बढी राजस्व बुझाउने विजयपुर आवसायी उच्च मावि र योगेश मास्के र कृषि क्षेत्रमा उल्लेख्य प्रगति गर्ने धरान २० का कृष्ण राईलाई समेत सम्मान गरिएको थियो ।