आन्दोलनको औँचित्य छैन–निधि

आन्दोलनको औँचित्य छैन–निधि

  • शनिबार, माघ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

जनकपुरधाम, २३ माघ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा धनुषा क्षेत्र नं ३ का सांसद विमलेन्द्र निधिले जनकपुरमा आन्दोलन गर्नुपर्ने औँचित्य समाप्त भएको बताउनु भएको छ ।

नेता निधिले मधेस केन्द्रित दलको प्रमुख मागअनुसार जनकपुर मधेस प्रदेशमै आइसकेकाले मधेस प्रदेशमा आउन नसकेका भूभागका लागि आन्दोलन गर्न मोर्चा पक्षधरलाई सुझाउ दिनुभयो । मधेसमा दुई प्रदेशको प्रस्तावमाथि पूर्ण समर्थन रहेको भन्दै उहाँले भन्नुभयो, “सो कुरामा सहमति जुट्न सक्छ ।”

अहिले प्रदेश नं २ का अधिकांश जिल्लामा नेपाली काँग्रेसको अधिवेशन सम्पन्न भइसकेको र पार्टीको आन्तरिक कारणबाट स्थगित जिल्लामा समेत धमाधम अधिवेशन सम्पन्न भइरहेको उहाँले बताउनुभयो । उहाँले ‘लोकतन्त्रमा कुनै दलद्वारा अन्य दलको कार्यक्रममा अवरोध गर्नु राजनीतिक संस्कार होइन’ भन्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ