काठमाडौ, २३ माघ ।
स्थानीय व्यापारीको प्रयासमा हिजोबाट खुलेको वीरगन्जको रक्सौल नाकाबाट निर्वाध रुपमा सवारी साधनहरु भित्रिरहेका छन् ।
हिजो अघोषित रुपमा नाका खुलेपनि आज घोषित बनाउने मोर्चाको तयारी छ । सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले मोर्चाको चहाना विपरित नाका खुलेको भएपनि आज छलफल गरेर यसबारे निर्णय गरिने बताउनु भयो ।
बीरगञ्ज नाका खुलेपछि सुरक्षाका साथ सामान सहज रुपमा ल्याउने प्रयास सुरु भएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज पन्तले जानकारी दिनु भयो ।
यस्तै सीमा क्षेत्रमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । नाका खुलेपछि नेपाल आयल निगमले आजै ३५ ओटा ट्याङ्कर तेल भर्न रक्सौल पठाउने तयारी गरेको छ ।
अबको दुईदिनमा तेल ल्याउन सकिनेगरि पहल सुरु निगमका निर्देशक दीपक बरालले भएको जानकारी दिनुभयो ।
यसैबीच निगमले काठमाडौमा स्टक रहेको तेलको बितरण बढाउने भएको छ । भोलि बिहान सम्मको अवस्था हेरेर तेल बितरण बढाउने निगमका एक अधिकारीले जानकारी दिए ।