काठमाडौ, २३ माघ । धनुषाको पूर्वी क्षेत्र बालाबाखरमा कांग्रेसका स्थानीय नेताको गएराति गोली हानी हत्या भएको छ ।
बिहेभोजमा सहभागी भएर घर फर्कदै गर्दा बालाबाखर ४ का कांग्रेस नेता ५० वर्षीय राजेन्द्र यादवको अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
बालाबाखर ४ बैरिया भन्ने गाउँबाट आफ्नो भान्जाकी छोरीको बिहेमा सहभागी भएर फर्किदै गर्दा यादवमाथि गोली प्रहार भएको काग्रेसका पूर्व जिल्ला सचिव बिश्वेश्वर यादवले जानकारी दिनुभयो ।
यादवको छातीमा तीन राउण्ड गोली लागेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । काग्रेसको जारी महाधिवेशनमा सक्रिय यादव बालाबाखर गाउँ कमिटीका पूर्व सभापति हुनुहुन्थ्यो ।
यादवको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline