समयमा नै काम नगर्ने ठेकेदारलाई जरिवाना

समयमा नै काम नगर्ने ठेकेदारलाई जरिवाना

  • शुक्रबार, माघ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

धनगढी, २२ माघ ।

सडक निर्माणको ठेक्का पाई समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई जनही रु छ लाखका दरले जरिवाना गरिएको छ ।

जिविस डोटीको ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत सडक निर्माणका लागि ठेक्का पाएर पनि तोकिएको समयमा काम पूरा नगरेको पाइएपछि नियमानुसार चारवटा ठेक्काका ठेकेदारलाई जरिवाना गरिएको स्थानीय विकास अधिकारी वासुदेव रेग्मीले राससलाई बताउनुभयो ।

आर्थिक सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावलीमा समयमै काम नगर्ने ठेकेदारलाई जरिवाना गर्न पाउने अधिकार स्थानीय विकास अधिकारीलाई दिइएको छ । जरिवानामा पर्ने निर्माण कम्पनीका ठेकेदारको नाम भने उहाँले दिन चाहनु भएन ।

ठेक्का समयमा नै सम्पन्न गर्न आनाकानी गर्ने अर्का एक ठेकेदारमाथि अनुसन्धान भइरहेको छ । डोटीका विभिन्न क्षेत्रमा निर्माणका लागि विभिन्न ठेकेदारले पाएका पुराना ठेक्कापट्टालाई ‘जिरो‘ बनाउने काम थालेको रेग्मीले बताउनुभयो ।

जिल्लामा काम गर्ने गैरसरकारी संस्था प्रत्येकले अबदेखि एउटा सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने नीति पनि ल्याउन लागिएको छ ।

यस्तै, बाँझो राखिएको जग्गामा अबदेखि मालपोत बढी लाग्ने व्यवस्थासमेत गर्नका लागि तयारी भइरहेको बताइएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ